सत्य थियो खबर सुनियो एकटक कान थुनियो अँाखा बन्द गर्दै जिउ एकछिन रोकियो । चालेका चाल सबै बिसाएर शुन्यतामा आउँदा हे भगवान के भ्रम हो यो ? या सुनेको देखेको साच्चै भयो ? हो राम्रै थियो उस्कै प्यारो भयो हुन पनि हो केही थान फेस्बुकका वाल सायद कुनै बधाई वा जन्मदिनमा त्यति भरिन्थेनन् तर उस्ले अध्याँरो रोजि सबै छोड्दा थिएनन् त्यति उस्लाइ अन्तिम पटक बोक्दा तर पर्दा भने रङ्गिएका छन् केबल चाहाना र भावनाले । थिए जहाँ सबै लुगेका तर सधैं बाँचेको आत्माको मरेपछि शान्ति गर्दै योद्धा थियो अझ उ देखिन्थ्यो सायद क्रान्ति गर्दै आएछ हुल कहाँ बाट दुखेसो बोक्दै बोल्दै र भन्दै समबेदना पोख्दै । उस्को हाल थियो त जस्तै तर हुनेछ सबैको उस्तै झल्किनेछ हप्ता दुइदिन रङ्गिनेछ भित्ता छिनछिन अन्तत: लाइनमा थियो जिताए एउटा लडाइँ जहाँ उ हारेको थियो । आशा अस्तायो पालो आयो सुस्तायो सबैले भन्न जानेको पिसाबको न्यानो सायद यहि थियो अल बिदा !
शब्द मेरो, अर्थ तपाइँको !