Skip to main content

Posts

Showing posts from 2020

वित्तीय साक्षरता र पुँजी बजार

वित्तीय शिक्षा सामान्य साक्षरदेखि लेखपढ नजान्ने जो–कोहीले सिक्न सक्ने र सिक्न पर्ने विषय हो । भान्सादेखि भविष्यका योजना, स्कुलदेखि रोजगारी, उद्यमदेखि उपयोग र आवश्यकतादेखि स्रोत सबै ठाउँमा वित्तीय साक्षरता चाहिन्छ । कृषिको भर र विप्रेषणको भारले देशको आयात निर्यातको व्यवस्थापनमा भूमिका खेलेकोे छ । वित्तीय चेतनाले वित्तीय स्रोत परिचालन गरी थप उत्पादनमुलक बनाउने छ । वित्तीय साक्षरताको ज्ञानले विद्यार्थीहरूले १०÷१२ कक्षाबाटै बीचमा पढाइ छोड्ने अवस्थालाई घटाउदै पढ्नलाई आफैँ आर्थिक स्रोत जुटाउन मद्दत पु¥याउन सक्छ । गृहस्थीहरूलाई थप आय स्रोतको खोजी गराउनेछ, फलस्वरुप व्यय भारमा कमी गराउनेछ । बालबालिकाहरूका लागि वित्तीय ज्ञानको रुख रोप्नेछ । वित्तीय साक्षर व्यक्ति राज्यका प्रमुख तहमा पुग्दा देशको स्रोत साधनको उच्चतम प्रयोगले अर्थतन्त्रमा विकास भएर रोजगार, आयस्तरमा वृद्धि हुँदै बढ्दो निर्यातले विकासमा सफलता मिल्नेछ । विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठुलो चर्चा र महत्व पाउन थालेको छ ।  वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा हो । प्रत्येक न...

श्रद्धाञ्जली

 सत्य थियो खबर सुनियो एकटक कान थुनियो अँाखा बन्द गर्दै जिउ एकछिन रोकियो । चालेका चाल सबै बिसाएर शुन्यतामा आउँदा हे भगवान के भ्रम हो यो ? या सुनेको देखेको साच्चै भयो ? हो राम्रै थियो उस्कै प्यारो भयो हुन पनि हो केही थान फेस्बुकका वाल सायद कुनै बधाई वा जन्मदिनमा त्यति भरिन्थेनन् तर उस्ले अध्याँरो रोजि सबै छोड्दा थिएनन् त्यति  उस्लाइ अन्तिम पटक बोक्दा तर पर्दा भने रङ्गिएका छन् केबल  चाहाना र भावनाले । थिए जहाँ सबै लुगेका तर सधैं बाँचेको आत्माको मरेपछि शान्ति गर्दै योद्धा थियो अझ उ देखिन्थ्यो सायद क्रान्ति गर्दै आएछ हुल कहाँ बाट दुखेसो बोक्दै बोल्दै र भन्दै समबेदना पोख्दै । उस्को हाल थियो त जस्तै तर हुनेछ सबैको उस्तै झल्किनेछ हप्ता दुइदिन रङ्गिनेछ भित्ता छिनछिन अन्तत: लाइनमा थियो जिताए एउटा लडाइँ जहाँ उ हारेको थियो । आशा अस्तायो  पालो आयो सुस्तायो सबैले भन्न जानेको पिसाबको न्यानो सायद यहि थियो अल बिदा !

रिस

 रिस हो तिमि खराब छौँ ! आफै सङ्ग भिड्न सक्दैनौं आफ्नै सङ्ग लड्न सक्दैनौं । असन्तुष्टिको खोला उर्लेर बगेझै देखियौ बेमौसमी बर्षा बर्षे झैं देखियौ छाल र सुनामी बनेर आयौं कहिले चट्याङ त कहिले ड्याङ डुङ गरेर आयौं । भन्न सकेनौं वर्षा नभै खोला आउदैन देखाउन सकेनौं उकुसमुकुले झरि भै तिम्रै वरिपरि शान्त हुन खोजेको ! अस्तीत्व खतरामा आउँदा आफूलाई बुझेको खतराको घण्टि बजाउदा शान्त भै कसरी आओस मुरली बजेको ? हानिको भागिदार स्वयम् भयौं केही अंश क्षतिपूर्ति स्वरुप लियौ केही गुमाएको झोकमा गयौं केही नपाएको शोकमा रोयौ र केही पाएको रोकमा थियौ। मनपरीको भावमा छौ सरिको अभावमा छौ सरि उल्टिएका हौं रिस पल्टिएका हौं । हो रिस प्रतिक्रियाको स्वरुपमा तिमी प्रतिबिम्बित छौ प्रतिष्ठाको स्वरुपमा केही भ्रमित छौ त्यसैले त त्रसित छौ । #poetry #peaceandlove

कविता

सीमाले सरापेको देश !

https://www.prasashan.com/2020/05/16/178891/ भारतको सीमाबारे बोल्दा केही विद्वानहरू चीनले पनि सीमा मिचेको तर्क राख्नुहुन्छ । त्यस पछाडिको आशय दुवै देशको सीमाको विषयलाई उठान गरेर एकै समयमा समस्या समाधानका हेतु बोलौँ भने हुँदैन । भारतबारे मात्र किन बोल्ने हुन्छ ? यसैबाट सुरु हुन्छ कूटनीति कि लम्पसार वाद ! बेलाबेला जिस्काइरहने झस्काइरहने चस्काइरहने सीमाका समस्याले समाधानका विकल्प पत्ता लगाउनु भन्दापनी घाऊ बल्झाउने काम गरिरहेको छ । तरबारदेखी तारबारसम्मका चिन्तन गरिराख्ने फुर्सदिला हामी कूटनीतिक पहलमा फेल भएका देखिन्छौ। भावनाले रोटी बेटी सोच्ने नेपालीका लागि सीमा अस्तित्वकै विषय खतरा हुँदै गएको छ। असमानजनक सुगौली सन्धिदेखी १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिले टिकाएको सीमा बार-बार विवादमा आइसकेको छ। सन्धिहरू कै वैधानिकता र अस्तित्व माथि पनि बेलाबेला चर्चा सुनिन्छ । अहिले सीमा समाधानको विषयमा प्रबुद्ध नागरिक समूह(इपीजी) काम गरिरहेको र प्रतिवेदन बारे भारतले चासो न्यून राखेको खबर रहेका सुनिरहेका छौ। गत वैशाख २६ गते शुक्रवार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले फेसबुक मार्फत नेपाली...

कबिताः पात्र

कला बदनाम छ, अनि सिप रचिन्छ उस्लाइ पात्रको समिप ! जानी जानि त नजानी, चाहा छैन कसैको हानि, हुकुम हुन्छ आफ्नै मनोमानी, जो मन्चन गर्छन् कहानी । सडक देखि स्वर्गलाई हतियार बनाइन्छ, कर्म देखि कुकर्मको खेती गर्न भनिन्छ ! हलोले जोत्ने सुनको खानी गनिन्छ, कैयौको मौनतालाइ मतियार बनाइन्छ ! बक्ता आफू त शब्द अर्कैको हुन्छ, अदालती बहस किन नहोस, आफू निर्दोश बन्दै सफाइ अरुलाइ दिन्छ । सेवाको कुरो नहोस, साधु उहीँ हुनेछ ! जस्ले अलि चाल पाई जाल बुनेछ ! एउटाको जिबन माथी खेल्छ, "मुखामा राम राम बगौलीमा छुरा झै" साना भुरा किन नहोस साथि बोल्छ । शृङ्खला थपियो उचाइ रचियो, फर्केर हेर्दा ! साथी त केबल स्वर्ग चढ्ने सोफान हो । केही बेमानले गर्दा, बदनाम छ नाम ! उहि बेकामले गर्दा बदनाम छ काम ! त्यसैले त जे उस्के गर्छ उहीँ सर्बमान, उहीँ हो सर्बगुरु उसैलाइ जगत गुरु ठान । यहाँ नाटकको कुनै कमि छैन, र छैन नाट्यकलामा ! सबै पोख्त छ्न सक्दो कलामा । यहि नाटक हरुमा बानी पार्न, समय सान्दर्भ मन्चन गरिन्छ्न ! घटना र पात्र छानी छानी सर्बोस्विकार्य पार्न, नगरि आनाकानी ।। 3 Jan 2018 ...

गजल

अनुपम सुन्दरताको बहार तिमिलाइ । सयौं थुङ्गे फुलको उपहार तिमिलाइ ।। मित्रतानै प्रेमको बन्धन होइन र प्यारी ? मुनामदन बदल्न सक्ने प्यार तिमिलाइ । कुभद्र कहिले नहोस कसैको जिन्दगीमा सधै होस चाहेको ब्याबहार तिमिलाइ । आटेको, सोचेको, खोजेको सबै पाइयोस कहिले केही नहोस इन्तजार तिमिलाइ । बौद्दिकता! तिमिमा होस अगाडि सबैभन्दा सधै गरोस् भगवानले स्याहार तिमिलाइ । 31 May 2018 Created

कबिताः रानी

मेरि रानी उदाउदैछ सुनैलो बिहानी संगै मिलिजुली बनाउन है एक पृथक कहानी । म अनि तिमि खोज्दैछौ शब्द "हामी" तिमी देख्दा हुन्छु म पानी पानी जोतौ न है प्यारको खानी । मायाको बास्ना छर्ने उस्को बानि लिनेछु म छानीछनी सधैं म तिम्रो लागि आउ रमाउन संगै एक अर्कालाई तानीतानी । ए नानी ! तिमिलाइ नलागेनी म ज्ञानी आउने छैन कहिले भावना ठुलो म अनि तिमी सानि । उहीँ सानो सपना सपनामै छ घर यहि सानो उद्देश्य आफ्नै मानी हुँदैन भने तिमिलाइ हानी आउन सक्छौ आफ्नै ठानी एउटा मैका गल्ती गर्न तिमिलाइ स्विकार्न सक्छौ जानीजानी । म राजा तिमी रानी आउ मिलौ हामी बनाउ न है सानो एउटा कहानी ।। 13 April 2018 Created

विद्यार्थी संगठन : समीक्षा

https://www.updatekhabar.com/art/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । युनियनहरूले विद्यार्थीको प्रतिनिधित्व गर्दै विद्यार्थीका विचार र हक सुनिश्चित गर्न पहल, बहस, अभियान र क्रियाकलापहरूमा सहजीकरण र सहयोग गर्न स्वयमसेबी भूमिका खेल्नु पर्दछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध पहिले सन् १९०० देखी सन् १९३० बिचमा आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धमा विद्यार्थी यूनियनले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको भूमिका निर्वाह गरे जहाँ विश्वविद्यालयमा बस्न र खानपिनमा मद्दत गरे । विश्वयुद्ध पछि युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधि सुधार ल्याउन थालिएको थियो जस्तो कि छात्रछात्राका छुट्ट्याएका कक्षा...

अर्थमन्त्रीलाई पत्र : राज्यबाट गर्ने निर्णय प्रस्ट र परिणाममुखी गर्नुहोला !

https://www.prasashan.com/2020/03/31/172516/ श्री माननीय अर्थमन्त्री ज्यु, सिंहदरबार, काठमाडौँ । महोदय, कोरोना विरुद्ध लड्ने हौसला बोकिरहेको छु, आशा छ तपाईँमा मनोबल अझै उच्च छ । सरकारले कोरोना विरुद्ध लड्न गरेका कामहरू प्रसन्नयोग्य छन् र एक जिम्मेवार नागरिकको हकले म आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्दैछु । तथापि केही दिनको महामारी संगै राज्यबाट भ्रष्टाचारको दुर्गन्धले छोएको खबर र भ्रामक निर्णयहरुले दुखित बनाएको छ । प्रसङ्ग घर बहाल छुट को हो । म एउटा सामान्य परिवारमा हुर्केको ज्ञान बटुल्दै उच्च अध्ययनका लागि काठमाडौँमा भाडामा रुम सेयर गर्दै बस्दै आइरहेको छु । केहि दिन अघिको मन्त्रिपरिषद्को निर्णयमा एउटा निर्णय एक महिनाको घर बहाल छुट गर्न घरबेटीहरूलाई अनुरोध गर्ने र सो बापत कर छुट दिने निर्णय गर्नुभयो । झट्ट सुन्दा खुसी लाग्ने निर्णय छ । खुसी पनि किन नलागोस् त अर्थमन्त्रीको नाताले राष्ट्रबाट हामी जस्ता कैयौँ पीडितहरूको सुनुवाइ स्वरूप राज्यले राहत प्याकेजकै रूपमा लिएर निर्णय लिनुभएको छ । यो निर्णयले म लगायत मेरो गाउँमा रेडियो सुनेर समाचार सुन्ने परिवारका लागि क्षणिक खुसी दिनुभए...