Skip to main content

Posts

Showing posts from February, 2021

कम्युनिस्ट

कमरेड कम्युनिस्ट हो कि कम्युनिस्ट कमरेड हो ! कहिले प्रश्न गर्नुभयो महाशय ? हैन भने तरकारी आयात गर्ने स्वदेशी उत्पादनमा बिचौलिया छिर्ने पूंजीवादीको भारी बोकेर भोट माग्दा गणतन्त्र त बचेकै छ ! बेचेकै छ ! सिद्धान्तको वकालत गर्न गुट फुट्न पर्ने ! असल देखाउन गुटलाई गाली गर्नुपर्ने ? स्वभाव न हो सङ्गै चोरेको किन नहोस् उ नै त हो चोर उसैले त चोरेको देख्नुभयो ! समाज ठुलो कि पार्टी पार्टीका बहसमा समाज त अटाउलान तर समाज नै भनेर लागे पार्टी भित्र पार्टी खै ! हैन त कमरेड ! समाजको उत्थानले पक्कै योगदान स्वरुप खलक हेरिने त छैन ! अनि बराबरी अँह हरिण त सधैं बाघकै आहारा त हो । पूंजीवाद भनौं समाजबाद नजोडी भोट आउदैन अनि पूंजीवाद बिना नोट ! हो कमरेड राजाको पालामा सरकारले चलाएका कारखाना बन्द गरिनुपर्छ संरचना ध्वस्त परिनुपर्छ किनकि ती शोषकले गरेका हुन् हामी त समाजवादी गणतन्त्रवादी ! शिक्षा दिने स्कुल ज्याला दिने उध्योगपती गास पुर्याउने बिचौलिया पुर्बाधारका ठेकेदार हामी सङ्ग प्रत्यक्ष समाज त जोडिएको छ सबैको चुलो बलेको छ आउनुस भोट मागौ ! अझै कहिलेसम्म भन्नुहुन्छ ? कि कतै समाजवादी शब्द गिज्याउने भएर शोषित बर्गले...