कला बदनाम छ, अनि सिप रचिन्छ उस्लाइ पात्रको समिप ! जानी जानि त नजानी, चाहा छैन कसैको हानि, हुकुम हुन्छ आफ्नै मनोमानी, जो मन्चन गर्छन् कहानी । सडक देखि स्वर्गलाई हतियार बनाइन्छ, कर्म देखि कुकर्मको खेती गर्न भनिन्छ ! हलोले जोत्ने सुनको खानी गनिन्छ, कैयौको मौनतालाइ मतियार बनाइन्छ ! बक्ता आफू त शब्द अर्कैको हुन्छ, अदालती बहस किन नहोस, आफू निर्दोश बन्दै सफाइ अरुलाइ दिन्छ । सेवाको कुरो नहोस, साधु उहीँ हुनेछ ! जस्ले अलि चाल पाई जाल बुनेछ ! एउटाको जिबन माथी खेल्छ, "मुखामा राम राम बगौलीमा छुरा झै" साना भुरा किन नहोस साथि बोल्छ । शृङ्खला थपियो उचाइ रचियो, फर्केर हेर्दा ! साथी त केबल स्वर्ग चढ्ने सोफान हो । केही बेमानले गर्दा, बदनाम छ नाम ! उहि बेकामले गर्दा बदनाम छ काम ! त्यसैले त जे उस्के गर्छ उहीँ सर्बमान, उहीँ हो सर्बगुरु उसैलाइ जगत गुरु ठान । यहाँ नाटकको कुनै कमि छैन, र छैन नाट्यकलामा ! सबै पोख्त छ्न सक्दो कलामा । यहि नाटक हरुमा बानी पार्न, समय सान्दर्भ मन्चन गरिन्छ्न ! घटना र पात्र छानी छानी सर्बोस्विकार्य पार्न, नगरि आनाकानी ।। 3 Jan 2018 ...
शब्द मेरो, अर्थ तपाइँको !