Photo: Ramesh Pant http://ratopati.com/story/10759 सारा संसार मायाको भोगी छ, आज म पनि त्यसैको शिकार बन्न पुगे हो म पनि माया पाउन तड्पिरहेको छु । यस्तै छ, माया भन्ने चिज बुझ्नैगारो अहो झन् मायामा रुझ्नै गारो अहो वेदनाले भरिएको यो मनलाई, आज म मायाको जरुरत देख्दैछु । जब भोग लागेको बेला पेटमा दर्गुछन् हो ती मुुसा जस्तै मायाको लागि तड्पिरहेको छु अनि बारुदको गोला जस्तौ पट्किरहेको छु, आमाबुबा, दाजुभाइ, दिदीबहिनीको माया छिमेक अनि आफन्तको माया पाउन भनी तड्पिरहेको छु । हैन ? मानवता नभएका हुनकी मानववादमा भिज्न नसकेका दुई शब्दको माया जाबो माया दिन नसकेका हेर आफूलाई बुज्रुक ठान्नेहरु सामाजमा कर्णधार बनाउने अरे बुझ्नै गारो भो अहो ! यो मायाको मतलव के ? किन यसबाट सबै वञ्चित हुँदैछन् के माया लुकाउन राखेको के मलाई नै सुकाउन राखेको ! हुन त, दीन दुःखी अनि दयालु माथि पोखिने शब्द छ नि विचरा हो त्यही विचरा आज म आफैलाई पोख्दै छु । तर आर्दशका कुरा गर्दा भन्छौ अरे ठुलालाई आदर अनि साना लाई माया आजकल यो माया कता छ ? दयाको भाव नभएका खुब आदर चाहियो अरे ! होटलमा हेर...
शब्द मेरो, अर्थ तपाइँको !