Skip to main content

कबिताः बालक विचरा

Photo: Ramesh Pant
http://ratopati.com/story/10759

सारा संसार मायाको भोगी छ,
आज म पनि त्यसैको शिकार बन्न पुगे
हो म पनि
माया पाउन तड्पिरहेको छु ।
यस्तै छ,
माया भन्ने चिज बुझ्नैगारो अहो
झन् मायामा रुझ्नै गारो अहो
वेदनाले भरिएको यो मनलाई,
आज म मायाको जरुरत देख्दैछु ।
जब
भोग लागेको बेला पेटमा दर्गुछन्
हो ती मुुसा जस्तै
मायाको लागि तड्पिरहेको छु
अनि बारुदको गोला जस्तौ पट्किरहेको छु,
आमाबुबा, दाजुभाइ, दिदीबहिनीको माया
छिमेक अनि आफन्तको माया
पाउन भनी तड्पिरहेको छु ।
हैन ?
मानवता नभएका हुनकी
मानववादमा भिज्न नसकेका
दुई शब्दको माया
जाबो माया दिन नसकेका
हेर
आफूलाई बुज्रुक ठान्नेहरु
सामाजमा कर्णधार बनाउने अरे
बुझ्नै गारो भो
अहो !
यो मायाको मतलव के ?
किन यसबाट सबै वञ्चित हुँदैछन्
के माया लुकाउन राखेको
के मलाई नै सुकाउन राखेको !
हुन त,
दीन दुःखी अनि दयालु माथि पोखिने शब्द छ नि विचरा
हो त्यही विचरा
आज म आफैलाई पोख्दै छु ।
तर
आर्दशका कुरा गर्दा भन्छौ अरे
ठुलालाई आदर अनि साना लाई माया
आजकल यो माया कता छ ?
दयाको भाव नभएका
खुब आदर चाहियो अरे !
होटलमा हेर बसमा हेर
नदिको किनारमा हेर
हेर्नै रहर छ भने
किन नजिकैको इँटाभट्टामा नजाने ?
त्यो इँटाभट्टामा गएर हेर,
हेर
जताततै हेर
पुगेन कि ?
फेरी पनि हेर्दै जाऊ
खोज्दै जाऊ,
कलम समाउने ति कोमल हातले गरेका काम हेर
आफ्नै सामाजमा गरिएका दुव्र्यहार हेर
वुवाबाजे आफन्त अनि छिमेकबाट
बलात्कृत बालबालिकाको चित्कार हेर
द्धन्द्धकालमा पीडित बालबालिकाको वेदना हेर
यदी ति अधिकार भरिएका आँखाले सानो दुःख पनि देख्दैन भने
के हेर्यौ त ?
बजार जाऊ
नयाँ चस्मा ल्याऊ अनि हेर
सायद बुझाइको अभाब छ,
आँखा रसाएर आयो
मन भरिएर आयो
कति भनेर मुखलाई सुकाउ,
अनि
कति सोचेर मनलाई सताउँ
थुक्क! म नि कस्तो ?
आफ्नो रिस पोख्दै रहेछुँ
पथ्थरलाई पो भन्दै रहेछु !
हो,
म बालबालिका नै हो
त्यसैले त वेदना पोख्दै छु
बालबालिकाका लागि सोच्दै छु
बालश्रम र हिंसाका बारेमा खोक्दै छु
अनि,
सारा बालबालिकाको प्रतिनिधित्व गर्दै
बाल अधिकारका लागि भावना पोख्दै छु ।

धनगढी, कैलाली
बालक्लब पूर्वसदस्य

Comments

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...