Skip to main content

कम्युनिस्ट

कमरेड कम्युनिस्ट हो कि

कम्युनिस्ट कमरेड हो !

कहिले प्रश्न गर्नुभयो महाशय ?


हैन भने

तरकारी आयात गर्ने

स्वदेशी उत्पादनमा बिचौलिया छिर्ने

पूंजीवादीको भारी बोकेर भोट माग्दा

गणतन्त्र त बचेकै छ !

बेचेकै छ !


सिद्धान्तको वकालत गर्न

गुट फुट्न पर्ने !

असल देखाउन

गुटलाई गाली गर्नुपर्ने ?

स्वभाव न हो

सङ्गै चोरेको किन नहोस्

उ नै त हो चोर

उसैले त चोरेको देख्नुभयो !


समाज ठुलो कि पार्टी

पार्टीका बहसमा समाज त अटाउलान

तर समाज नै भनेर लागे पार्टी भित्र पार्टी खै !

हैन त कमरेड !

समाजको उत्थानले पक्कै

योगदान स्वरुप खलक हेरिने त छैन !

अनि बराबरी

अँह

हरिण त सधैं बाघकै आहारा त हो ।


पूंजीवाद भनौं

समाजबाद नजोडी भोट आउदैन

अनि पूंजीवाद बिना नोट !

हो कमरेड

राजाको पालामा

सरकारले चलाएका कारखाना

बन्द गरिनुपर्छ

संरचना ध्वस्त परिनुपर्छ

किनकि ती शोषकले गरेका हुन्

हामी त

समाजवादी गणतन्त्रवादी !


शिक्षा दिने स्कुल

ज्याला दिने उध्योगपती

गास पुर्याउने बिचौलिया

पुर्बाधारका ठेकेदार

हामी सङ्ग

प्रत्यक्ष समाज त जोडिएको छ

सबैको चुलो बलेको छ

आउनुस भोट मागौ !

अझै कहिलेसम्म भन्नुहुन्छ ?


कि कतै समाजवादी शब्द

गिज्याउने भएर

शोषित बर्गले

नबुझ्ने भाषामा

कम्युनिस्ट भन्नुभएको त हैन ?

कि आफैंले गलत बुझेर

कमाउनिष्ट अपभ्रङ्स भै कम्युनिस्ट भएको बुझ्नुभयो !

Comments

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...