उ चरी
बिचरीपटक पटक उड्न खोज्दै थिइ
पखेटा फट्फटाउदै उडेको देखाउदै
केही चाल चाल्दै
उड्दै थिइ
घरी रोकिन्थी
उड्न बढ्थी
र पनि
गन्तब्यमा चलायमान थिइ ।
उस्को न्यास्रो
उचाईले मेटाउथ्यो !
सुनाउथी
कास पखेटा नहुदो हो
बकवास त्यही पखेटा
सायद
खास लाग्दो हो ।
पिजडाको जरा उसलाई थाहा थियो
गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो
तर
सधैं यस्कै दोधार रह्यो,
त्यही धार थियो त दोधार पनि ।
यहि भुमरीमा भरमराइरहेकी
पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ
अस्तित्वको सुन्दरता बोक्ने
ती चरीलाई शुभकामना !
Happy Womens Day !
Comments
Post a Comment