Skip to main content

सीमाले सरापेको देश !

https://www.prasashan.com/2020/05/16/178891/

भारतको सीमाबारे बोल्दा केही विद्वानहरू चीनले पनि सीमा मिचेको तर्क राख्नुहुन्छ । त्यस पछाडिको आशय दुवै देशको सीमाको विषयलाई उठान गरेर एकै समयमा समस्या समाधानका हेतु बोलौँ भने हुँदैन । भारतबारे मात्र किन बोल्ने हुन्छ ? यसैबाट सुरु हुन्छ कूटनीति कि लम्पसार वाद ! बेलाबेला जिस्काइरहने झस्काइरहने चस्काइरहने सीमाका समस्याले समाधानका विकल्प पत्ता लगाउनु भन्दापनी घाऊ बल्झाउने काम गरिरहेको छ । तरबारदेखी तारबारसम्मका चिन्तन गरिराख्ने फुर्सदिला हामी कूटनीतिक पहलमा फेल भएका देखिन्छौ। भावनाले रोटी बेटी सोच्ने नेपालीका लागि सीमा अस्तित्वकै विषय खतरा हुँदै गएको छ।
असमानजनक सुगौली सन्धिदेखी १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिले टिकाएको सीमा बार-बार विवादमा आइसकेको छ। सन्धिहरू कै वैधानिकता र अस्तित्व माथि पनि बेलाबेला चर्चा सुनिन्छ । अहिले सीमा समाधानको विषयमा प्रबुद्ध नागरिक समूह(इपीजी) काम गरिरहेको र प्रतिवेदन बारे भारतले चासो न्यून राखेको खबर रहेका सुनिरहेका छौ। गत वैशाख २६ गते शुक्रवार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले फेसबुक मार्फत नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा क्षेत्र हुँदै निर्माण गरिएको मानसरोवर यात्रा सडक उद्घाटन भएको जानकारी राख्नुभएको थियो ।
२०७२ को भूकम्पको मारमा नेपाल रहेको बेला भरत र चीन बिच द्विदेशिय व्यापारिक नाका बनाउने सहमति निर्माण भएको हो । फेरी एक पटक नेपालीलाई सीमा सम्बन्धमा एकजुट भएर अगाडि बढ्ने अवसर मिलेको छ ।
पछिल्लो समय भारतले जम्बु, कश्मीर र लदाख समेटेर आफ्नो नक्सा सार्वजनिक गर्दा कालापानी पनि समावेश गरेको थियो । देशको सार्बभैसत्ताको विषयमा केही नेपाली राजनीतिका पण्डितहरूले उपनिर्वाचनको बेला राजनीतिक पार्टीको राष्ट्रियताको खेलको संज्ञा दिँदै भोट तान्न भइरहेको समेत भन्न भ्याए। मौसम खराबको कारण पुग्ननसकेको समाचार सम्प्रेषण गरी लिपुलेकको निरन्तर चासोप्रति प्रतिबद्धता जनाएका नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल लिपुलेक भ्रमणार्थ हेलिकप्टर मार्फत निरिक्षण गर्न भनी निस्किएका थिए । त्यो बेला उपलब्धि शून्य थियो । यसबिच राज्यका सरकारी निकायमा विभिन्न प्रयोजनमा प्रयोग भएका नक्सा बारे प्रश्नहरू खडा भए । सबै नक्सामा लिपुलेक समावेश गर्ने भने पनि आधिकारिक नक्सा भने अझै आउन सकेको छैन।
कञ्चनपुरको पुनर्वासमा २०७३ फाल्गुन २६ गते सीमा विवादकै कारण भारतीय तर्फको बन्दुकको गोली लागेर सहिद भएका गोविन्द गौतम प्रतिनिधिमूलक एउटा घटनाका पात्र हुन ।
सीमाको वैज्ञानिक व्यवस्थापन नहुँदा दुई देश बिचमा समय समयमा सार्बभैमिकताको सवालहरू आउने गर्दछन् । सीमा स्तम्भ हराउँदै जाने, भारतले एकतर्फी सीमा खडा गर्ने, अतिक्रमणमा कार्य गर्ने र नेपाल भित्रका निर्माण कार्यमा अवरोध पुर्‍याउने काम नौलो होइन ।
कञ्चनपुरको पुनर्वासमा २०७३ फाल्गुन २६ गते सीमा विवादकै कारण भारतीय तर्फको बन्दुकको गोली लागेर सहिद भएका गोविन्द गौतम प्रतिनिधिमूलक एउटा घटनाका पात्र हुन । यस्तै पोसाक र हातहतियार सहित भारतीय सेना कहिले दैलेख त कहिले डोटी सम्म पुग्न समेत भ्याउने गरेका छन् भने सीमा जोडिएका जिल्लाका नागरिक प्रति गरिएको दुर्व्यवहार कल्पना गर्न सकिँदैन । सीमा नजिक नेपाली सुरक्षाकर्मी माथि भारतीय नागरिक नै ढुङ्गामुडा प्रहार गर्ने खालका घटना भैरहन्छन । अझै भनौ भने लालपुर्जा समेत नेपालको बोकेका नागरिक अहिले भारतीय बन्न बाध्य पारिएका छन् । महाकाली नदीको पुलको बिचमा नेपाल-भारत सीमामा झन्डा हेरेको पुस्ता नेपाली भूमिमा भारतीय सेनाको चेकपोस्ट हेरेर धिक्कार्ने सिवाय अरू साक्षी रहेको अर्थ छैन ।
नेपाल प्रवेश गर्न प्रबेषाज्ञा-भिसा नचाहिने हाम्रो छिमेकी मुलुक भारत एक मात्र देश हो । उत्तरमा चीन सङ्ग सीमानाको काम भौगोलिक बनावटले गरेपनी बाँकी भारत सँग अझै खुला छौ । त्यसैले नेपाली र भारतीय एक देश बाट अर्को देशमा सजिलै आवतजावत गर्न सक्छन् । रोजगारी, व्यापार र प्रर्यटनको सिलसिलामा ओहोरदोहोर भइरहने नागरिकको लेखाजोखा नै हुँदैन । सीमामा खुला व्यापार उत्तिकै बढी हुने गर्छ । यस्कासाथै मानव, जनावर, बन, हातहतियार, बहुमूल्य बस्तु, लागूपदार्थ र मुद्रा तस्करी जस्ता समस्या बाट थप गुज्रिनुपरेको छ । नेपालका विभिन्न भागमा शरणार्थी र भिकमागेर बस्ने व्यक्तिहरू समेत छिर्न पुगेका छन् । अहिले सरुवा रोग कोरोनाको विश्व महामारीमा पनि नेपालको लागि यही खुला सिमाना बाधा बनेको छ । भारत बाट नेपालमा लुकिछिपी सजिलै प्रवेश गर्ने र नेपालमा प्रवेश गर्ने व्यक्तिको रेकर्ड नै नहुने भएकाले अवस्था त्रासमय छ । न त सिमानामा रोकटोक गर्ने उचित व्यवस्थापन छ न, नियन्त्रण गर्न शक्ति नै ।
भूपरिवेष्टित राष्ट्र नेपाललाई विकाशका हरेक क्षेत्रमा छिमेकी राष्ट्र बाट आयातमा पर वहनको आवश्यकता पर्छ । भूपरिवेष्टित राष्ट्रका आफ्ना अन्तर्राष्ट्रिय अधिकारहरू छन् । तथापि समाजीक, धार्मिक, आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्ध नेपाल-भारत बिच रहेको छ । यिनै चार सम्बन्धलाई राजनीतिक सम्बन्धसँग मिसावट गर्दा नै सीमा अभिशाप भएको छ । ‘बडा भैयाको रवैया’ भावनात्मक रूपमा हेरिएपनी सार्वभौमसत्ताको समानता, राजनैतिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रको क्षेत्राधिकार बाहिर गयो भने मूल्य चुकाउनु नै पर्ने हुन्छ । सो सवालमा देशको क्षेत्रफलको आकार, जनसङ्ख्याको चाप, देशको क्षमताका आधारमा विभेदपूर्ण सम्झौता हुँदैन ।
नेपाल भारतको सामाजिक परिवेशको व्याख्या गर्दा भाषा, भेषभुषा, रहनसहन, चालचलनले सबै परिवार कहीँ न नही छोइएका छौ । रोटीबेटीको सम्बन्ध केबल तराइमा बस्ने बस्तीमा मात्र नभएर पहाडमा बस्ने सँग पनि उत्तिकै जोडिएको छ । भारतीय ठाउँ दार्जिलिङ, सिक्किम, आसाम, गड्वाल, विहार नातागोता र बिहावारीले नजिक देखिएपनी पुरै नेपाल र भारत त्यतिकै भावनाले जोडिएका छौ। थप बल धार्मिक सम्बन्धले दिएको छ । पौराणिक कालदेखी धर्म, संस्कार, चाडपर्व र रीतिरिवाजले धार्मिक स्थल, धर्म र धर्मालम्बीहरुलाई जोडेको छ । भगवान् गौतम बुद्ध भारतको बोध गया गएर तपस्या गर्नुभएको इतिहासले केबल हिन्दु मात्र नभएर अन्य धर्मालम्बीहरुको पनि एक अर्का देश प्रति सम्बन्ध जोडिएको पुष्टि गर्दछ । रोटी बेटीको सम्बन्धमा सबैको समान नजरले हेर्ने ठाउँ मात्र छ । सबैबाट समान जोखिम रहेको छ । कोरोना महामारीमा मुस्लिम धर्मका जमाती समुदायबाट सङ्क्रमण भेटिदा खतरा सो समुदायबाट भयो भन्दै विभेदपूर्ण नजरले हेरेर सिङ्गो सीमा समस्यालाई उपेक्षा गरेर हेर्न मिल्दैन ।
अब आर्थिक सम्बन्धको चर्चा गरौँ । भारत निर्भर नेपालको अर्थतन्त्र मुद्रको विनिमय दरमा मात्र होइन मुख्य रूपमा कृषि, पर्यटन, रोजगारी, व्यापारमा छ । आत्मनिर्भर भन्दा पनि परनिर्भर भई आयातमा टिकेका छौं । स्वदेशी उत्पादनलाई अपनाउन नसक्दा अर्थतन्त्रमा बढी जोखिम बोकिरहेका छौँ । राष्ट्रियता बोलीमा मात्र नभएर व्यवहारमा लागु गर्न आवश्यक छ । कृषिमा परेको मार गतिलो उदाहरण हो । बर्षेनी लाखौँ भारतीय पर्यटक नेपाल घुम्न तथा धार्मिक दर्शन गर्न आउँछन् । होटेल, क्यसिनो, बार, होमस्टेमा भारतीय पर्यटकको योगदान छ तर सो को उचित व्यवस्थापन र लेखाजोखा गर्न सकेका छैनौं । खुला व्यापारले नेपालको अर्थतन्त्र बाहिरिने काम भएको छ र सीमा क्षेत्रमा भारतीय रुपैयाँको प्रचलन बढेको छ । भारतीय रोजगारीले नेपालमा विप्रेषण बढाउनुको साथसाथै गैर कानुनी रूपमा भारतीय नोटको सञ्चय पनि बढाउँदै गएको छ । सानो सानो कामका लागि छिमेकीको भरपर्नुको मूल्य पटक-पटकको नाकाबन्दी र नोट बन्दी जस्ता चुनौती सङ्ग जुध्दै चुकाउन परेको पनि छ ।
भूकम्पको पिडा संविधान निर्माणको सफलतासँग बिर्सिएर अगाडि बढ्न खोज्दा २०७२ असोज देखी फाल्गुनसम्मको अघोषित नाकाबन्दीको सिकार छिमेकी भारतबाट हुनुपरेको थियो । सीमावर्ती क्षेत्रहरूमा भइरहेको तनाव र हिंसात्मक गतिविधि देखाएर संविधान आफू अनुकूल पार्न नाकाबन्दी गरेको थियो । त्यस्तै २०७३ कार्तिक तदनुसार २०१६ नोभेम्बरमा भारतले भारु ५०० र १००० को नोट बन्द गर्‍यो । नेपाल राष्ट्र बैङ्कमा रहेको करिब भारु ७ करोड सटही गर्न मानेन । भुटानसँग सटही गरेको भारत नेपालमा रहेको बैङ्क र नेपाली जनता सँग ठुलो मात्रामा रहेको रकम बारे मौन रह्यो । भारत निकटताको मूल्य पटक पटक चुकाउँदै गयौ तर पनि छिमेकी असल छिमेकी हुन सकेको छैन ।
चौथो सम्बन्ध: नेपाल-भारत अन्तर्राष्ट्रिय सम्बन्ध दुई देश बिच विवाद रहित भई समान र सुमधुर सम्बन्ध कायम राख्न अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिन्छ । पञ्चशील एक धार्मिक एवं कूटनीतिक नियमहरूको सङ्ग्रह हो। विभिन्न देशहरूको पारस्परिक सम्बन्ध यही नीतिद्वारा निर्देशित गरिएको हुन्छ। पञ्चशीलमा निम्न अनुसारका बुँदाहरू पर्दछन्: शान्तिपूर्ण सह अस्तित्व, एक आपसको आन्तरिक मामलामा अहस्तक्षेप, एक आपसको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान, अनाक्रमण, समानता र पारस्परिक लाभ । भारतले नेपाल नीतिमा अप्रत्यक्ष आफ्नो प्रभाव जमाउन खोजेको भारत स्वतन्त्र भए देखी नै हो । नेपालले कूटनीतिक नोट दिएर पटक पटक छिमेकीहरू लाई शान्तिपूर्ण ढङ्ग बाट समाधान खोजिरहेको हुन्छ । नेपाल कुट्नितिक नोट मात्र दिने र छिमेकीले आवश्यक प्रतिक्रिया नदिँदा धेरै प्रयास विफल भएका छन् । अहिले सम्म सीमा समाधान नहुनु विभिन्न बहानामा सार्वभौमसत्ता माथि आक्रमण गर्दा पनि नेपाल चुप लागेर बस्नुले नेपालको कुट्निती कमजोर देखिएको छ । बेलैमा ठोस कदम चालेर आफ्नो स्वाधिनताको लागि विवादहरू अन्तर्राष्ट्रियकरण गर्न सकेनौ भने अन्तर्राष्ट्रिय जगतमा नेपाललाई हेर्ने दृष्टि कोणमा नै परिवर्तन आउने छ, जुन दु:खद हुनेछ ।
“पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौ
कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौ”
बाल्यकालमा परिचित माथिका हरफहरू नेपालको इतिहास पढ्दा गर्वका साथ जपी रहन्थ्यौ । विशाल नेपालले तत्कालीन ब्रिटिस इस्टइन्डिया कम्पनीसँगको सम्झौतामा २ तिहाइ भाग गुमाएको थियो । ब्रिटिसले भारत छोड्दा सबै सम्झौताहरू रद्द गरेको थियो । तथापि नेपालले सम्झौतामा गुमाएका ती भूभाग उपनिवेशको रूपमा भारतमा रहिरह्यो र फिर्ता ल्याउने कदम अगाडि बढाइएन । तिनै सन्धि बमोजिम रहेको भूभाग माथि भारतले आँखा लगाउँदा पनि अझै सहेर शान्तिको अभियन्ता भएका छौँ । आजसम्म राजनीतिक नेतृत्व समकक्षी सँग खुलेर प्रस्तुत हुन नसक्दा हाम्रो पुस्ताले त्यसको मूल्य चुकाउन परिरहेको छ । हो हाम्रो देशका नेता तथा राजा समेतले इतिहासका विभिन्न कालखण्डमा भिन्न भिन्न कारणले भारतीय शरण माग्नुपरेको थियो । २००७ सालमा प्रजातन्त्र आउनुअघि राजा त्रिभुवन भारत निर्वासित भएका थिए , यो राजनीतिक शरण हो । राजनीतिक रूपले अप्ठ्यारो परेका बेला छिमेकी वा तेस्रो मुलुकमा राजनीतिक शरण माग्ने अधिकार हुन्छ र आश्रय दिइन्छ । शरणकै आधारमा देशको सार्वभौमसत्ताको वर्गीकरण गर्न मिल्दैन ।
सीमा सम्बन्धी तमाम घटनाक्रम, समस्या, विवाद र देश बिचको सम्बन्धमा चिसोपन देख्दा सीमाका गतिविधि सुव्यवस्थित बनाउन तत्काल राज्य अगाडि बढ्नुपर्छ । लिपुलेकबाट अब पछाडि आउनुहुँदैन । कुनै व्यक्ति विशेष होइन, सरकारले नै काली नदीको सिउँदोमा रातो चन्द्र सूर्य भएको झन्डाको सिन्दूर हालेर सबै नेपाली जन्ती गएर आउनसम्म तयार रहनुपर्छ । यही बाटोमा अघि बढ्दै दुइटै देशका सीमामा स्थायी समाधान सम्म टुङ्गो लगाउनुपर्छ । अब पनि सीमा केही समयको ताजा केक मात्र बन्ने अनि अर्को काण्ड आउँदा बिर्सिएर गयौ भने यसको दुष्परिणाम राज्यले भोग्नेछ । देश भित्र राष्ट्रियताका नाममा हुने गैर राष्ट्रिय क्रियाकलापको सूक्ष्म अध्ययन गर्ने सङ यन्त्र बनाइ अब खरो उत्रिनुपर्छ । अहिलेको अवस्थामा कुन बेला को कता थियो ! बोल्ने बेला बोलेन अहिले ठुलो स्वरमा बोलेर भो ! जस्ता आरोपप्रत्यरोप नलगाई राष्ट्रिय एकताको एउटै स्वरमा सबै बोल्दै काम गर्न र सघाउन पर्नहुन्छ । सार्वभौमसत्ता माथिको ठाडो प्रहार बिरुद्द अहिले नबोले कहिले बोल्ने ? हामीले नबोले कसले बोल्ने ? सीमामा राजनीतिकरण हो भन्ने कोही देश भित्र अझै छन् भने सर्वप्रथम तिनीहरू लाई सीमा पहिले सीमा कटाउनुपर्छ । छिमेक सङ्गको सामाजिक धार्मिक सम्बन्ध सीमामा काँडे तार वा पर्खाल लगाएर भिसा नै लगाउने गरेपनी रोटी बेटी र सामाजिक सद्भावमा कुनै खलल पुग्ने छैन । झन् सीमा भित्रका नागरिकको विभेदलाई चिर्ने छ । अनि आर्थिक क्रियाकलाप व्यवस्थित हुँदै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर हुनेमा दुई मत हुनेछैन ।
नेपाल माथि विपत्ति आउँदा बेला बेला सुनिने वाक्य हो ‘नेपाल सतीले सरापेको देश’ । इतिहासका कालखण्डमा महिला माथि अमानवीय व्यवहार भएका छन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ “असल पत्नी” हुन्छ । पतिसँग नै आत्मदाह गर्ने असल पत्नीले आफ्नै नेपाल आमाका लागि अभिशाप कसरी बन्न सक्छिन् ? सतीले सरापेको भनेर अझै कति ती असल पत्नीहरूलाई अपमान गर्न सक्छौ । त्यसैले म भन्छु यो देश सीमाले सरापेको देश हो । सीमाको स्थायी व्यवस्थापन नहुन्जेलसम्म गोर्खाली रोकिनु हुँदैन ।

Comments

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...