अनुपम सुन्दरताको बहार तिमिलाइ ।
सयौं थुङ्गे फुलको उपहार तिमिलाइ ।।
मित्रतानै प्रेमको बन्धन होइन र प्यारी ?
मुनामदन बदल्न सक्ने प्यार तिमिलाइ ।
कुभद्र कहिले नहोस कसैको जिन्दगीमा
सधै होस चाहेको ब्याबहार तिमिलाइ ।
आटेको, सोचेको, खोजेको सबै पाइयोस
कहिले केही नहोस इन्तजार तिमिलाइ ।
बौद्दिकता! तिमिमा होस अगाडि सबैभन्दा
सधै गरोस् भगवानले स्याहार तिमिलाइ ।
31 May 2018 Created

Comments
Post a Comment