Skip to main content

अर्थमन्त्रीलाई पत्र : राज्यबाट गर्ने निर्णय प्रस्ट र परिणाममुखी गर्नुहोला !

https://www.prasashan.com/2020/03/31/172516/
श्री माननीय अर्थमन्त्री ज्यु,
सिंहदरबार, काठमाडौँ ।
महोदय,
कोरोना विरुद्ध लड्ने हौसला बोकिरहेको छु, आशा छ तपाईँमा मनोबल अझै उच्च छ । सरकारले कोरोना विरुद्ध लड्न गरेका कामहरू प्रसन्नयोग्य छन् र एक जिम्मेवार नागरिकको हकले म आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्दैछु । तथापि केही दिनको महामारी संगै राज्यबाट भ्रष्टाचारको दुर्गन्धले छोएको खबर र भ्रामक निर्णयहरुले दुखित बनाएको छ ।
प्रसङ्ग घर बहाल छुट को हो । म एउटा सामान्य परिवारमा हुर्केको ज्ञान बटुल्दै उच्च अध्ययनका लागि काठमाडौँमा भाडामा रुम सेयर गर्दै बस्दै आइरहेको छु । केहि दिन अघिको मन्त्रिपरिषद्को निर्णयमा एउटा निर्णय एक महिनाको घर बहाल छुट गर्न घरबेटीहरूलाई अनुरोध गर्ने र सो बापत कर छुट दिने निर्णय गर्नुभयो । झट्ट सुन्दा खुसी लाग्ने निर्णय छ । खुसी पनि किन नलागोस् त अर्थमन्त्रीको नाताले राष्ट्रबाट हामी जस्ता कैयौँ पीडितहरूको सुनुवाइ स्वरूप राज्यले राहत प्याकेजकै रूपमा लिएर निर्णय लिनुभएको छ । यो निर्णयले म लगायत मेरो गाउँमा रेडियो सुनेर समाचार सुन्ने परिवारका लागि क्षणिक खुसी दिनुभएको छ । मेरा साथीका सञ्जालमा तपाईँ प्रतिनिधित्व गरेर राज्यको जिम्मेवार पदमा पुग्नु भएको पार्टीका साथीहरूले बिगुल बजाइ घर भाडा छुट दिनुभयो भनेर झ्याली समेत पिट्न भ्याइसकेका छन् ।
माननीय मन्त्रीज्यु माफ गर्नुहोला, म यो खुसीको अङ्ग बन्न सकेन । त्यसैले यो महामारीमा तपाईँलाई इमेल लेख्दै राज्यको लगडाउनको नीतिप्रति दायित्व बहन गर्दै समय सदुपयोग गर्न खोज्दैछु ।
मन्त्री ज्यु, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा भएको घर बहाल निर्णयका कमी बारे अर्थमन्त्रीको नाताले आत्मालोचना गर्नुहोला भन्ने लिएको छु । निर्णयले खुल्न नसकेका ठाउँ निम्न अनुसार छन्:
१. राष्ट्रिय विपत्तिमा तपाईँको अनुरोध जायज हो तर यसले उद्देश्य पूरा गर्दैन । पीडितलाई राहत भन्दा पनि दुःख बल्झाउने खाले निर्णय भयो ।
२. अनुरोध गर्दा कार्यान्वयन पक्षमा ध्यान नपुग्नु ठुलो कमजोरी राज्य पक्षबाट गर्नुभयो ।
३. अर्थमन्त्रीको हैसियतले घर बहाल करलाई राज्यले उपेक्षा गरेको छ भन्ने अनुभव अवश्य गर्नुभयो होला ! करकै दायरा र भाडाको कुनै मापदण्ड नभएका घरबेटीहरू राज्यको अनुरोध सुन्छन् होला त ?
४. राज्यको रणनीतिक उद्देश्य र पीडितको आवश्यकता मिलान हुने ठाउँबारे प्रस्ट गृहकार्यको कमी देखियो ।
५. अनि पीडितको क्षणिक खुसी र निराशाले उब्जेको मनोवैज्ञानिक समस्याको जिम्मेवारी बहन गर्न के राज्य तत्पर छ ?
अत: यस निर्णयको केही घरबेटीले मानवताको नाताले मात्र पालना गर्ने छन्, जुन केही घरबेटीले राज्यबाट आएको अनुरोध भन्दा अगाब नै स्वघोष गरिसकेर प्रमाणित गरिसकेका छन् । त्यसैले यस्ता ठोस परिणाम नदिने राज्यका निर्णयले थप निराश मात्र बनाइरहने छन् ।
यस कोरोना भाइरसको विश्व महामारीको बिपत घडीमा राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्वको बारेमा सधैँ प्रतिबद्ध रहेको जानकारी गराउँछु । त्यसैले अर्थमन्त्रीको नाताले राज्यबाट गर्ने निर्णय प्रस्ट र परिणाममुखी गर्नुहोला भन्ने विनम्र अनुरोध छ । स्वास्थ्य रहनुहोला ।
उही देशको कर्तव्यनिष्ठ नागरिक
रमेश पन्त
काठमाडौँ

Comments

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...