उदाउदैछ सुनैलो बिहानी
संगै मिलिजुली
बनाउन है
एक पृथक कहानी ।
म अनि तिमि
खोज्दैछौ शब्द "हामी"
तिमी देख्दा हुन्छु म पानी पानी
जोतौ न है प्यारको खानी ।
मायाको बास्ना छर्ने उस्को बानि
लिनेछु म छानीछनी
सधैं म तिम्रो लागि
आउ रमाउन संगै
एक अर्कालाई तानीतानी ।
ए नानी !
तिमिलाइ नलागेनी म ज्ञानी
आउने छैन कहिले भावना
ठुलो म अनि तिमी सानि ।
उहीँ सानो सपना
सपनामै छ घर
यहि सानो उद्देश्य
आफ्नै मानी
हुँदैन भने तिमिलाइ हानी
आउन सक्छौ आफ्नै ठानी
एउटा मैका गल्ती गर्न तिमिलाइ
स्विकार्न सक्छौ जानीजानी ।
म राजा तिमी रानी
आउ मिलौ हामी
बनाउ न है
सानो एउटा कहानी ।।
13 April 2018 Created

Comments
Post a Comment