Skip to main content

कबिताः पात्र

कला बदनाम छ,
अनि सिप
रचिन्छ उस्लाइ पात्रको समिप !
जानी जानि त नजानी,
चाहा छैन कसैको हानि,
हुकुम हुन्छ आफ्नै मनोमानी,
जो मन्चन गर्छन् कहानी ।

सडक देखि स्वर्गलाई हतियार बनाइन्छ,
कर्म देखि कुकर्मको खेती गर्न भनिन्छ !
हलोले जोत्ने सुनको खानी गनिन्छ,
कैयौको मौनतालाइ मतियार बनाइन्छ !
बक्ता आफू त शब्द अर्कैको हुन्छ,
अदालती बहस किन नहोस,
आफू निर्दोश बन्दै सफाइ अरुलाइ दिन्छ ।

सेवाको कुरो नहोस, साधु उहीँ हुनेछ !
जस्ले अलि चाल पाई जाल बुनेछ !
एउटाको जिबन माथी खेल्छ,
"मुखामा राम राम बगौलीमा छुरा झै"
साना भुरा किन नहोस साथि बोल्छ ।
शृङ्खला थपियो उचाइ रचियो,
फर्केर हेर्दा !
साथी त केबल स्वर्ग चढ्ने सोफान हो ।

केही बेमानले गर्दा,
बदनाम छ नाम !
उहि बेकामले गर्दा बदनाम छ काम !
त्यसैले त जे उस्के गर्छ उहीँ सर्बमान,
उहीँ हो सर्बगुरु उसैलाइ जगत गुरु ठान ।

यहाँ नाटकको कुनै कमि छैन,
र छैन नाट्यकलामा !
सबै पोख्त छ्न सक्दो कलामा ।
यहि नाटक हरुमा बानी पार्न,
समय सान्दर्भ मन्चन गरिन्छ्न !
घटना र पात्र छानी छानी
सर्बोस्विकार्य पार्न,
नगरि आनाकानी ।।


3 Jan 2018 Created

Comments

  1. https://www.eveningkhabar.com/details/1085?fbclid=IwAR2Vu96MuQhRJxw0YR5ygN_NcSd6-2_k_dM99lyFbK9L9pYKhe37jOaHyXw#.XyKnilmFA4E.facebook

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...